Aamsanchar

नारायणगोपाल स्मृति दिवसको अवसरमा चारपानेमा सांगीतिक कार्यक्रम आयोजना हुने 

Author Image
शुक्रवार, मंसिर १५, २०८०

चारपाने । झापाको चारपानेमा स्वरसम्राट स्वर्गीय नारायणगोपाल गुरुवाचार्यको ३३ औं स्मृति दिवसको अवसरमा  नारायणगोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
नारायणगोपाल स्मृति दिवस आयोजना समिति र सरगम सङ्गीतालयको आयोजनामा साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक नारायण राजवंशीले जानकारी दिए ।

स्थानीय विपन्न, बालबालिका तथा नव प्रतिभाशाली कलाकारहरूको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले मंसिर २० गते चारपाने स्थित परशुराम पार्टी प्यालेसमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो ।

सोही अवसरमा झापाली अग्रज स्रष्टा हस्त परियारलाई अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको आयोजक समितिका लिला खत्रीले बताए ।

चारपानेमा गत वर्ष पनि नारायणगोपाल स्मृति दिवसमा सांगीतिक कार्यक्रम आयोजना भएको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर