Aamsanchar

कोप २८ मा प्रधानमन्त्रीद्वारा सम्बाेधन

Author Image
शनिवार, मंसिर १६, २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गरेका छन्।

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा जारी सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।

हरितगृह ग्यास उत्सर्जनमा आफूहरूको कुनै भूमिका नरहेको तर सबैभन्दा धेरै क्षति बेहोर्नुपरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म यहाँ मेरा निर्दोष नागरिकको जलवायु न्यायका लागि उपस्थित भएको छु।’

जलवायु परिवर्तनकै कारण नेपाली नागरिकले बाढी, पहिरो, आगलागीजस्ता प्राकृतिक विपत्तिको सामना गरिरहेको भन्दै प्रचण्डले अब यसलाई रोक्नुपर्ने बताए। बढ्दो तापमानका कारण हिउँ पग्लिरहेकाले हिमालहरू कालापत्थरमा परिणत हुँदै गएको र हिमताल तथा हिम नदीहरू फुट्ने खतरा बढेको उनको भनाइ थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर