Aamsanchar

बाह्रदशी कञ्चनगढमा धार्मिक महामहोत्सव शुरु

Author Image
सोमवार, मंसिर १८, २०८०

चारपाने । झापा जिल्लाको बाह्रदशी गाउँपालिका ६ स्थित कन्चनगढधाम साधुकुटीमा सोमबारबाट  ‘श्रीमदभागवत् धनधान्याचल राष्ट्र शान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ सुरु भएको छ ।

कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्री स्वरुपाआश्रम गुरुकुललाई प्रवर्द्धन गर्ने उद्देश्यले आज (सोमबार) बाट सुरु भएको महामहोत्सवको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका छन् ।

सभामुख घिमिरे ।

उद्घाटन अघि विभिन्न भजन कीर्तन मण्डली, गुरुकुलका बटुक, धामीझाँक्री तथा विद्यार्थीलगायतको सहभागितामा निस्किएको शोभायात्राले बाह्रदशीको बिहिबारे बजारलगायत विभिन्न स्थानको  परिक्रमा गरेको थियो ।

महामहोत्सव यज्ञ सम्पादन मूल समितिका अध्यक्ष ज्ञानु सुवेदीको अध्यक्षता तथा सभामुख घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहसंयोजक जीवन पनेरुले स्वागत गर्दै बालाचर्तुदशी पर्वलाई विशेष कार्यक्रमका साथ मनाइने जानकारी दिए ।

कार्यक्रममा कन्चन धाममा निर्माण गरिएको शिव भगवानको प्रतिमा अनावरण गरिएको थियो । स्थानीय मुक्तिनाथ बराइली दास र पंम्फा बराईली दासले प्रतिमा सौजन्य गरेको बताइएको छ ।

सोही कार्यक्रममा धाममा देवी तिम्सिनाले आफ्ना पितृहरूको नाममा निर्माण गरिदिएको भक्तिमाया कुञ्ज हस्तान्तरण गरिएको थियो । त्यस्तै स्थानीय तुलसी पाण्डेले फूल सौजन्य गरेको पुष्प वाटिकामा फूल रोपन कार्य सुरुवात गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरेले कञ्चनगढधामलाई धार्मिक पर्यटकीय स्थल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

ईश्वर कृष्ण महाराज ।

कार्यक्रममा पञ्चमणि माध्यमिक र मिनिमाउण्टेन अंग्रेजी स्कुलका विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

आगामी मंसिर २६ गते सम्म सञ्चालन हुने धार्मिक महामहोत्सव अन्तरगत श्रीमद्भागवतको कथा वाचन ईश्वर कृष्ण महाराजले गर्ने बताइएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सचिव दीपेन्द्र खरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर