Aamsanchar

दुई सय रुपैयाँले बढ्यो सुनको भाउ

Author Image
बिहिवार, मंसिर २१, २०८०

काठमाण्डौ – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख १८ हजार चार सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । विवाहको सिजन भए पनि सुनचाँदीको भाउमा आएको उतारचढावका कारण कारोबार खासै नभएको व्यापारीले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर