Aamsanchar

गाउँको पूजा हुनुअघि धान काट्ने कृषकलाई जरिवाना

Author Image
बिहिवार, मंसिर २१, २०८०

बारा-गाउँको पूजा हुनुअघि बासमती धान काटेपछि स्थानीय किसान दण्डित भएका छन् । टोलमा रहेको बौद्धीमाइको पूजापछि मात्र बासमती धान काट्ने परम्परा छ ।

महागढीमाई नगरपालिका–५ बगडमपुर टोलका रामनारायण साह सोनारले मेसिनबाट बासमती धान काटेपछि सो टोलका स्थानीयहरूले जरिवाना गरेका हुन् । स्थानीय पूजापछि मात्र बासमती धान काटेर चढाइन्छ, त्यसलाई ‘नेवानी’ भनिन्छ । नेवानी गरेपछि मात्र बासमती खेती गर्नेहरू धान काट्न सुरु गर्छन् । किसान सोनारले पूजा हुनुअघि बासमती धान काटेपछि गाउँलेहरू आक्रोशित भएका छन् ।

टोलका स्थानीयले किसान सोनारलाई यस वर्षको पूजाको सबै खर्च करिब २५ हजार रुपियाँ व्योर्होनु पर्ने जरिवाना सुनाएका छन् । सोनारको आमाले माफी माग्दै सबै खर्चको साटो पूजामा एउटा ८–१० किलो वजन भएको पाठी ९बाख्री० स्वेच्छाले दिने बताएपछि गाउँमा सहमति भएको इनरदेवप्रसाद यादवले बताउनुभयो ।

यसवर्ष पूजा गर्न, प्रतिव्यक्ति ७० रुपियाँ सङ्कलन गरिएको छ । बासमती खेती गरे, नगरे सो टोलका सबैले चन्दा दिनैपर्छ । घरपिच्छे प्रतिपुरुषले चन्दा दिनुपर्छ, अन्य ठाउँका व्यक्तिले बासमती धान खेती गरे पनि चन्दा दिनु पर्दैन तर, पूजापछि मात्र धान काट्ने गर्छन् । उहाँले बताउनुभयो ।

गाउँमा कुनै अनिष्ठ नहोस् भनी परापूर्वकालदेखि बौद्धीमाइको पूजा चल्दैआएको छ । पूजापछि मात्र बासमती धान काट्ने परम्परा रहेको स्थानीय अर्का अगुवा महेन्द्रप्रसाद यादवले बताउनुभयो ।

बौद्धीमाइको पूजामा गाउँबाट सङ्कलन गरिएको रकमबाट खसी, पाठी र एउटा परेवा खरिदगरी बलि दिने परम्परा रहेको छ । सो सामूहिक भोजमा घरपिच्छे एक जना सदस्य सहभागी हुनेगरेको यादवले बताउनुभयो ।

किसानलाई यसरी दण्ड, जरिवाना गर्नु ठिक नभए पनि परम्परा पनि बचाउन आवश्यक रहेको वडा ५ का वडा अध्यक्ष गजेन्द्रप्रसाद जैसवालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर