Aamsanchar

सुनकाे भाउ आज

Author Image
शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला २०० ले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम रहेको छ। त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य यो दिन प्रतितोला १ हजार ४६० रुपैयाँ कायम भएको महांघले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर