Aamsanchar

भारतबाट लयाउँदै गरेकाे ११ लाख मुल्य बराबरको माेबायलकाे टेम्पर ग्लास नियन्त्रणमा

Author Image
शुक्रवार, मंसिर २२, २०८०

बुटवल – राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटेको टोलीले भारतको नाकाबाट लुकिछिपी ल्याउँदै गरेका मोबाइलमा प्रयोग गरिने टेम्पर ग्लास नियन्त्रणमा लिएको छ । शुक्रबार भारतीय नागरिक ३८ वर्षीय मनोजले लु ३ च ३१३५ नम्बरको तरकारी बोक्ने गाडीमा ११ लाख १७ हजार ५ सय १० रुपैयाँ बराबरको टेम्पर ग्लास बुटवलतर्फ ल्याउँदै गर्दा चरंगेस्थित औद्योगिक क्षेत्रबाट प्रक्राउ गरिएको हो ।

भारतीय नाकाबाट ओसारपसार गरेका अवैध सामानहरु बुटवल, भैरहवा लगायतका सहरमा बिक्री हुने गरेका छन्।

बुटवलको हाटबजारमा तरकारी लिन जाने गाडीमा तरकारीका क्यारेटमा उक्त सामान लुकाएर राखिएको अवस्थामा फेला परेको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत पशुपतिबाबु पुरीले जानकारी दिए ।

 

पक्राउ परेका मनोज र गाडी जरिवानासहित कूल २२ लाख २६ हजार २ सय ६५ रुपैयाँ धरौटीमा छाडिएको र थप अनुसन्धान भइरहेको पुरीले जानकारी गराए ।
राजश्व अनुसन्धानबाट खटेको उक्त टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका ४ बसन्तपुरबाट ३ लाख ३० हजार रुपैयाँ बराबरको अवैध चक्लेट समेत बरामद गरेको छ । भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको लु ३ च १८८९ नम्बरको पिकअप भ्यानबाट डेरी मिल्क, स्निकर, खजुरलगायतका अवेध चक्लेटहरु बरामत गरिएको पुरीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर