Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
सोमवार, मंसिर २५, २०८०

काठमाण्डौ – सुन चाँदीको भाउ आज घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ । यो हिजोकोभन्दा ५ सय रुपैयाँले सस्तो हो ।

हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मूल्यमा पनि धेरै घटबढ भइरहेको छ । अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)