Aamsanchar

ब्रेक फेल भई ट्याक्टर दुर्घटना हुँदा धनकुटामा एक जनाकाे मृ*त्यु, एक घाइते

Author Image
सोमवार, मंसिर २५, २०८०

धनकुटा- ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

मृत्यु हुनेमा छथर गाउँपालिका–१, तेह्रथुमका २८ वर्षीय दुर्गाबहादुर विश्वकर्मा रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालक छथरजोरपाटी गाउँपालिका–६ का १९ वर्षीय निर्मल कटुवालको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ ।

मध्यपहाडी लोक मार्गको सिधुवाबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश नं–१–०२–००३ त १६६३ नम्बरको ट्रयाक्टर पाख्रीबास नगरपालिका–५, पन्चेभीरस्थितमा  ब्रेक फेल भई सडकबाट अन्दाजी २५० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर