Aamsanchar

२ सय नेपाली रुसी सेनामा रहेको जानकारी आएको प्रधानमन्त्रीकाे भनाई

Author Image
सोमवार, मंसिर २५, २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोही भिजिट भिसा र कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरू रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजि कार्य भइरहेको बताए।

उनले रुसी सेना बनेका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरू युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताए। उनले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि बताए।

प्रधानमन्त्री प्रचण्डले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताए । उनले गठबन्धनका बैठकहरू हेर्दा त्यस्ता प्रयासले मात्रै केही नहुनेमा आफू विश्वस्त रहेको बताए ।

‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने के-के भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ । तर मैले हेर्दा र गठबन्धनका बैठकहरू सबै गर्दा केही हुने वाला छैन। यो गठबन्धन पूरै अवधि जान्छ।’ उनले भने‚ ‘अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर