Aamsanchar

पोखराकाे एक दोहोरी साँझमा आगलागी

Author Image
बुधवार, मंसिर २७, २०८०

कास्की – पोखरा महानगरपालिका–८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । बुधवार भएको आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले सञ्चालन गरेको दोहोरीमा बुधवार बिहान करिब ६ बजे बिजुलीको तार सर्ट भइ आगलागी भएको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको नेतृत्वमा खटिएको टोली, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीमा नगद ५० हजारसहित फ्रिज, मोबाइल, एसी, साउण्ड सिस्टम, सोफा गरी करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर