Aamsanchar

पद्मप्रसाद पाण्डे संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त

Author Image
बुधवार, मंसिर २७, २०८०

काठमाण्डौ – संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त हुनुभएको छ । सभामुख देवराज घिमिरेले पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए । आज राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शमा सभामुखले पाण्डेलाई नियुक्त गर्नुभएको हो ।

प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोक्नुभएको हो ।

सभामुखले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहे पनि सम्भव नभएको सभामुखको सचिवालयले जनाएको छ । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसद्को महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर