Aamsanchar

सुनको भाउ आज एकैदिन झन्डै तीन हजारले बढ्याे

Author Image
बिहिवार, मंसिर २८, २०८०

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हिजोको भाउभन्दा तोलामा दुई हजार ८ सय रुपैयाँ धेरै हो ।

यसअघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातारजसो घटेको भाउ आज फेरि एकै पटक दुई हजार ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर