Aamsanchar

कोशीको समस्याको समाधान जनमत संग्रहबाट गर्न सुझाव

Author Image
बिहिवार, मंसिर २८, २०८०

बिर्तामोड – नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ ले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनप्रति सरकार गम्भीर हुनु पर्ने बताएका छन् ।
बिहीवार (आज) बिर्तामोडमा आयोजित संवाद कार्यक्रममा बोल्दै विरहीले सरकारले दमन गरेर पहिचानको आवाज दवाउन नसक्ने बताए । पहिचानको पक्षमा उठेको आवाजलाई कमजोर नठान्न सुझाउदै बिरहीले समस्या समाधानका लागि जनमत संग्रह गर्नुपर्नेमा जोड दिए । ‘दमन गरेर हुन्न, जनमत संग्रहबाट फैसला गरौं’ बिरहीले भने ‘जनमतको सवैले कदर गर्नुको विकल्प छैन ।’
अर्को प्रसंगमा उनले संघीयता मात्र समाधान नभएको भन्दै समाजवादी संघीयताको आवश्यकता औल्याए । मुलुकमा यही अवस्था रहे राजतन्त्र र हिन्दू राज्य फर्कने बिरहीले दावी गरे । अमेरिकासहितका शक्ति राष्ट्रको चलखेलले नेपालको संघीयता संकटोन्मुख रहेको भन्दै उनले भने ‘यही अवस्था रहे राजतन्त्र फर्कदैन भन्न सकिन्न ।’ विरहीले नेपाली बिशेषताको वैज्ञानिक समाजवादको विकल्प नरहेको बताए ।
पार्टीका केन्द्रिय सदस्य तथा मेची इञ्चार्ज सुमन सिंह पौड्यालले कोशी प्रदेशमा शान्ति खल्वल्याउन विभिन्न प्रयत्न भइरहेको बताए । पौडेलले पहिचानको आन्दोलन दवाउने प्रयास, धर्मका नाममा उठेका बिषय, राजतन्त्र पक्षधरको गतिविधि, एमसीसीको प्रभावले प्रदेशलाई अशान्त बनाउने प्रयास भएको बताए । उनले चीनलाई दवावमा राख्ने रणनीतिमा अमेरिका, भारतलगायतका राष्ट्र अघि वढेको दावी गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रशान्त, पाँचथर इञ्चार्ज सन्तोष, बिनोद, भरत, सौगात, डा. डिल्लीराज रिजाल लगायतका नेताको सहभागिता थियो । मुलुकको वर्तमान परिस्थिति र निकाशको बाटो बिषयमा भएको छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर