Aamsanchar

निर्माण व्यवसायी र करकार्यालय कर्मचारी बीच अन्तरक्रिया, पुस मसान्त भित्र करतिर्दा व्याजमा ५० प्रतिशत छुट

Author Image
बिहिवार, मंसिर २८, २०८०

बिर्तामोड । झापाली निर्माण व्यवसायीहरू र आन्तरिक राजश्व कार्यालय भद्रपुरका कर्मचारीहरूबीच अन्तरक्रिया भएको छ ।
आज ( विहिबार) निर्माण व्यवसायी संघ झापाको कार्यालय बिर्तामोडमा अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रियामा करप्रणालीमा निर्माण व्यवसायीहरूले भोग्दै आएको समस्या, कर नीतिलगायतका विषयमा छलफल भएको थियो ।

आर्थिक मन्दीका कारणले निर्माण व्यवसायीहरूले समयमा कर वापतको रकम तिर्न नसकिरहेको बताएका थिए भने आन्तरिक राजश्व कार्यालयका कर्मचारीले कर नीतिको बारेमा प्रष्ट पार्दै व्यवसायीले समयमै कर तिर्न अनुरोध गरेको महासङ्घका कार्यसमिति सदस्य अनिल भट्टराईले जानकारी दिए ।

निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमख कर अधिकृत कृष्णप्रसाद काफ्लेले पुष मसान्त भित्र कर तिरे व्याजमा ५० प्रतिशत छुट हुने बताएका थिए ।

कार्यक्रममा व्यावसायी शम्भु कार्की, प्रकाश सिंह, निर्मल खरेल, गोपाल बस्नेत, योगेन्द्र खड्कालगायतले करका विषयमा जिज्ञासा राखेका थिए ।
कर अधिकृत  भीमप्रसाद आचार्यले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव पुष्पराज निरौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर