Aamsanchar

देशलाई बचाउन एमालेको एकल बहुमतको सरकार आवश्यक : ओली

Author Image
शनिवार, मंसिर ३०, २०८०

फिदिम – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई बचाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताएका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको दौरान फिदिम माविको खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्नै उनले त्यसका लागि कार्यकर्तालाई जुट्न आग्रह गरे।

´देशको विकास गर्न एमालेजस्तो राष्ट्रवादी पार्टीले एकल सरकार बनाउनुपर्छ। एकल बहुमत ल्याउन हामीले अर्को चुनाव पर्खिनुपरेको छ,` उनले भने। स्थिरताबिना देशमा विकास हुन नसक्ने ओलीको भनाइ छ। अस्थिरताको अन्त्य गर्न देशमा मजबुद शक्तिको सरकार आवश्यक भएको भन्दै ओलीले एमाले मात्र देशको मजबुद शक्ति बन्नसक्ने बताए।

सम्बोधनका क्रममा उनले ताप्लेजुङको घुन्सा र मध्यपहाडी लकमार्गको उद्गमबिन्दु चिवा भञ्ज्याङलाई आर्थिक नाका बनाउन सकिने बताए। ´भारतसँग जोडिएको चिवा भञ्ज्याङलाई नाका खोल्न सकिन्छ। त्यसको लागि एमालेले पहल गर्नेछ,` उनले भने।

 

नेपाली समाज विविधतायुक्त भएको र यस्तो समाजमा विभिन्न किसिमका मतभेद् हुनु स्वभाविक भएको उनको भनाइ थियो। ´हाम्रा धेरै मतभेद्हरू छन्। तर, ती मतभेद् र विवादलाई समाधान गर्ने विधि र प्रक्रिया हुन्छ। बलमिच्याईले समस्या समाधान हुन सक्दैन,`पहिचानवादीलाई लक्षित गर्दै उनले भने।

एमालेले बैतडीको झुलाघाटदेखि सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ शनिबार फिदिम आइपुगेको हो। फिदिममा आयोजित सभामा ओलीको एकल सम्बोधन गरेका थिए सोही क्रममा ओलीले एमाले पाँचथरको पार्टी कार्यालय समेत उद्घाटन् गरेका थिए। मंसिर १४ गतेदेखि सुरू भएको यात्रा भोलि पाँचथरको चिवा भञ्ज्याङ पुगेर टुंगिनेछ।

सभामा पाँचथरसहित ताप्लेजुङ, इलाम र झापाका एमाले नेता कार्यकर्ताहरू सहभागि थिए। बृहत् सभामा १२ हजार मानिस सहभागी भएको एमालेको दाबी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर