Aamsanchar

आज सुनको भाउमा गिरावट

Author Image
आइतवार, पौष १, २०८०

काठमाडौं – साताको पहिलो कारोबार दिन आज सुनको भाउमा गिरावट आएको छ।

गत शुक्रबारको तुलनामा सुनको भाउमा १३ सय रुपैयाँले गिरावट आएको हो। आज छापावाला सुनको भाउ प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको भाउ १ लाख १७ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको । शुक्रबार प्रतितोला चाँदी १ हजार ४७० रुपैयाँ तोकिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार १९ दशमलव ७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ८७ डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर