Aamsanchar

एमाले अध्यक्ष ओली पाँचथरको चिवाभञ्ज्याङमा

Author Image
आइतवार, पौष १, २०८०

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँचथरको चिवाभञ्ज्याङ पुगेका छन्। एमालेको झुलाघाट-चिवाञ्ज्याङ मध्य पहाडी संकल्पयात्राको अन्तिम दिन अध्यक्ष ओ‌लीसहित एमाले शीर्ष नेताहरू हेलिकोप्टरबाट नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ पुगेका हुन्।

त्यहाँ पुगेर अध्यक्ष ओलीले राष्ट्रिय झण्डा झण्डोतोलन गरेका थिए। कार्यक्रमको समापन गरी अध्यक्ष ओली आजै काठमाडौं फर्किनेछन्। एमालेले मंसिर १४ गतेदेखि झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रा सुरू गरेको थियो।

ओलीले १४ मंसिरमा बैतडीको झुलाघाटमा यात्राको उद्घाटन गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर