Aamsanchar

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित

Author Image
सोमवार, पौष २, २०८०

बुटवल ।  नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन । ८४ मतान्तरले बिजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरू रजनी थापा, विजय गुरुङ र रश्मि शिल्पकारलाई पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भीम बहादुर कुँवर (राजु), सिनेटर सन्दिप अग्रहरी बिजयी भए । महासचिव सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भए ।

उपाध्यक्षमा अमर घिमिरे, सौरव  श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, सपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भए ।

उनीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको निर्वाचन अधिकृत नरेशचन्द्र ओझाले जानकारी दिए ।

नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर