Aamsanchar

स्कुटर दुर्घटना हुँदा एक जनाको मृ*त्यु

Author Image
मङ्गलवार, पौष ३, २०८०

पर्वत – पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका–८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार राति कुश्माबाट पोखरातर्फ जाँदै गरेको ग २१ प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किँदा पर्वतको कुश्मा नगरपालिका– १३ का सागर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

स्थानीयले अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल उद्धार गरी पर्वत अस्पतालमा उपचारका लागि ल्याएको र उपचार हुन नसकेपछि प्रहरीकै साथमा पोखरा पठाएको थियो। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले अस्पतालमा पुर्‍याएपछि कार्कीलाई मृत घोषणा गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर