Aamsanchar

एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा जालझेल भएको प्रधानमन्त्रीको दाबी

Author Image
मङ्गलवार, पौष ३, २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको स्वामित्व खरिद गर्ने कम्पनीबारे आफू स्पष्ट रुपमा जानकार रहेको बताएका छन्।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले वेलायतमा कम्पनी खडा गरेर एनसेलको शेयर खरिद गर्नेहरूलाई आफूले राम्रोसँग चिनेको बताएका हुन्।

‘मेरो श्रीमती बिरामी भएको बेला सिंगापुरमा दुई पटक गएको छु । तिनै साथीहरुकोमा बसेको पनि छु। शेरबहादुर देउवा जाँदा पनि बस्नुभएको छ। केपी ओली जाँदा पनि बस्नुभएको छ । हाम्रो बीचमा कुरा पनि हुन्छ।’ प्रचण्डले भने‚ ‘तर त्यसको अर्थ राष्ट्र र जनताका विरुद्ध, ऐन कानुन र हाम्रो संविधानका विरुद्ध, हाम्रो सिस्टमका विरुद्ध जोसुकै जान्छ भने तिनका विरुद्ध लड्न हामी तयार भएको हो नि१’

उनले चिनेजानेका नाताले अनुहार हेरेर नमानिने भन्दै राष्ट्र र जनताको हित नै मुख्य कुरा भएको बताए।

एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा जालझेल भएको दाबी प्रचण्डको छ । कर पनि छल्ने र स्वामित्व सरकारलाई हस्तान्तरण पनि नगर्ने नियतले काम भएको उनले बताए।

उनले सरकारलाई स्वामित्व हस्तान्तरण गराउनका लागि लड्नुपर्ने र त्यसका लागि आफू प्रधानमन्त्री तहबाट गर्नुपर्ने जुनसुकै काम गर्न तयार रहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर