Aamsanchar

झापाको एक कुखुरा फर्ममा आगलागी, एक हजार कुखुराका चल्ला जले, १५ लाखकाे क्षती

Author Image
बिहिवार, पौष ५, २०८०

प्रतिकात्मक तस्बिर

झापा – झापाको कनकाईमा कुखुरा फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँको क्षति भएको छ। कनकाई नगरपालिका(५ स्थित तुलसीवारिमा सञ्चालित छविलाल आचार्यको कुखुरा फर्ममा बुधवार राती अन्दाजी ९:२० मा आगलागी हुँदा एक हजार बोइलर कुखुराका चल्ला, २४० केजी कुखुराको दाना, ३०० केजी मकै, १० मन धान र अन्य सरसामान जलेर नष्ट भएको हो।

अन्दाजी २ कट्ठा जग्गामा रहेको सो कुखुरा फर्म महेन्द्र पराजुलीले भाडामा लिएर सञ्चालन गर्दै आइरहेका थिए। फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। आगलागीबाट चौपायासहित कुनै मानवीय क्षति नभएको उनले बताए।

आगलागी बिर्तामोड नगरपालिका, कमल गाउँपालिका, शिबसताक्षी नगरपालिकाको गरी तीन वटा दमकल, प्रहरी र स्थानियबासीहरुको सहयोगमा राती १०स्४० बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर