Aamsanchar

दाङबाट रोल्पा हुँदै रुकुम पूर्व जोड्ने शहीद मार्ग निर्माणमा ढिलाइ भएकोप्रति ध्यानाकर्षण

Author Image
बिहिवार, पौष ५, २०८०

काठमाण्डौ – रोल्पाका माओवादी नेताहरूले दाङबाट रोल्पा हुँदै रुकुम पूर्व जोड्ने शहीद मार्ग निर्माणमा ढिलाइ भएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

रोल्पाका सङ्घीय सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज बिहीवार प्रधानमन्त्रीलाई भेटेर बजेट अभावले शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

आर्थिक वर्ष २०६४/६५ देखि शुरु भएको दाङको घोराहीदेखि रोल्पाको होलेरी –घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम– मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता पाएको छैन ।

भेटमा प्रधानमन्त्री प्रचण्डले देशको राजनीतिक परिवर्तनमा उलेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टोलीसँग बसेर विकासका काममा भएका प्रगति समीक्षाको बारेमा छलफल गर्ने र शहीद मार्ग निर्माण तथा तत्काल कालोपत्रको काम अघि बढाउन निर्देशन दिने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर