![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/InShot_20231222_122607854.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाण्डौ –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरण इनरुवा सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । बिहान सुनसरीको इनरुवा भोक्राहामा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेशनको उद्घाटन गर्नुभएको हो ।
सबस्टेशनको उद्घाटन गर्दै उहाँले उज्यालो नेपालको अभियानमा यो सबस्टेशन महत्त्वपूर्ण रहेको र केही समयमै नेपाल सम्पूर्ण रुपमा उज्यालो हुने बताउनुभएको छ । अहिले ९८ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको र अबको एकदेखि डेढ वर्षमा शतप्रतिशत पुर्याउने सरकारले लक्ष्य रहेको उहाँको भनाइ छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
प्रधानमन्त्री प्रचण्डले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पुर्याउने मात्र नभइ उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर पनि सिर्जना भइसकेको बताउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 31