Aamsanchar

आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउँछौं : रवि लामिछाने

Author Image
शनिवार, पौष ७, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने । फायल तस्वीर

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आगामी निर्वाचन पछि एकल सरकार बनाउने दाबी गरेका छन् । आज पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले परिवर्तन चाहेको बताउँदै आगामी निर्वाचनपछि रास्वपाले बहुमतको एकल सरकार बनाउने बताएका हुन् । साथै उनले मत माग्न आउने रास्वपाको नेताहरुलाई सम्झौतामा हस्ताक्षर गराउन आग्रह गरे । सम्झौता बमोजिम काम नगरे सजाय गर्न पनि उनले भने ।

मत माग्न आउँदा सम्झौतापत्रमा हस्ताक्षर गराएर राख्नोस्, त्यो अनुसार काम नभए सजाय गर्नोस्,’– उनले भने ।

रास्वपाले एकल सरकार बनेपछि कसरी कर्मचारी संयन्त्र चलाउने, कृषि क्षेत्र कसरी उकास्ने, कानुन कस्तो बनाउने भनी विज्ञको समूहले काम गरिरहे समेत उनले खुलासा गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर