Aamsanchar

आफू अनुकूलका व्यक्तिहरूलाई कर्मचारी नियुक्ति गरेको भन्दै राष्ट्रिय अपांग महासंघका अध्यक्षविरुद्ध आन्दोलन घोषणा

Author Image
आइतवार, पौष ८, २०८०

काठमाडौँ – राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले आफू अनुकूलका व्यक्तिहरूलाई कर्मचारी नियुक्ति गरेको भन्दै संघीय कार्यसमितिका सदस्यले आन्दोलनको चेतावनी दिएका छन्।​

आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघीय कार्यसमितिका सदस्यहरूले आचार्यले आफू अनुकूलका व्यक्तिलाई कर्मचारी नियुक्ति गरेको र भएका कर्मचारीलाई विभिन्न लाञ्छना लगाई कामबाट निकालेको आरोप लगाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

उनीहरूले सुदूरपश्चिम प्रदेशका बारेमा पछिल्लो निर्णय निःशर्त फिर्ता लिन र वैधानिक र नीतिगत व्यवस्था विपरीत एकलौटी निर्णय नगर्न आग्रह गरेका छन्। उनीहरूले संस्थागत नियमभित्र रहेर अपांगता भएका व्यक्तिहरूको अधिकार प्राप्तिको अभियानमा एकजुट हुन आफूले गरेका गल्ती सुधार गरी माफी माग्न दिउँसो २ बजेसम्मको समय दिएका छन्।

आइतवार ९आज० अपराह्नसम्म पनि अध्यक्ष आचार्यले सार्वजनिक माफी नमागे राजीनामा माग्दै आजैबाट राष्ट्रिय अपांग महासंघको संघीय कार्यालय अनिश्चितकालीन तालाबन्दी गर्ने बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै संघीय कार्यसमिति उपाध्यक्ष अनिता घिमिरेले तत्काल माग सम्बोधन नभए क्रमशः सबै प्रदेश कार्यालय समेत बन्द गरी माग पूरा नभएसम्म संघर्ष समिति गठन गरी आन्दोलन गर्ने चेतावनी दिइन्।​

घिमिरेले भनिन्, ‘नेतृत्व लिने प्रमुख नेतृत्वकर्ता नै जिम्मेवार हुनु जरुरी छ। महासंघको प्रमुख नेतृत्वबाट यस्ता प्रकारका हर्कतहपटक–पटक भइरहेको अवस्थामा अब नेतृत्व सुधार हुने वा नेतृत्वको बारेमा विकल्प खोज्ने अवस्था देखिएको छ।’

उनले आन्दोलनमा सहभागी हुन अपांगता क्षेत्रमा सरोकार राख्ने सम्पूर्ण क्षेत्र निकाय तथा व्यक्तिलाई आग्रह गरिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर