Aamsanchar

सहारा नेपाल (साकोस) बाह्र ऋण मुक्त, कूल सम्पत्ति १५ अर्ब माथि   

Author Image
आइतवार, पौष ८, २०८०

चारपाने । सहकारी क्षेत्रमा अग्रणी स्थानमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक मन्दी, अर्थ तरला हटेको संकेत दिएको छ ।
यस अवस्थामा सहारा साकोसले बाह्र ऋण शून्य बनाएर कुल सम्पत्ति १५ अर्ब माथि बनाउन सफल भएको छ ।

आज सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले मंसिर मसान्त सम्मको वित्तिय विवरण सार्वजनिक गरेर सहारा साकोस बाह्र ऋण मुक्त भएर १५ अर्ब माथि सम्पत्ति बनाउन सफल भएको जानकारी दिएका हुन् ।

आर्थिक वर्ष २०८० को मंसिर मसान्तसम्म साकोसको कुल सम्पत्ति १५ अर्ब ५४ करोड ९३ लाख ३७ हजार ३ सय २६ रुपैयाँ पुगेको छ ।

यस अवधिमा संस्थाको शेयर पुँजी १ अर्ब ६६ करोड २ लाख ८६ हजार ४ सय रुपैयाँ छ भने कुल बचत ११ अर्ब ७२ करोड २३ लाख ८८ हजार ७ सय ८८ रुपैयाँ रहेको छ ।

संस्थाको जगेडा कोषमा १ अर्ब २३ करोड ६३ लाख ८९ हजार ४ सय ९० रुपैयाँ रहेको संस्थाको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाद्वारा प्रेसित विवरणमा उल्लेख छ ।
कुल १० अर्ब ७९ करोड २६ लाख ८६ हजार ८ सय ४१ रुपैयाँ ऋण लगानी गरेको सहकारी संस्थामा १ लाख ६१ हजार १ सय ४२ जना शेयर सदस्य  रहेका छन् ।

त्यस्तै संस्थाको कुल संस्थागत पूँजी १ अर्ब २७ करोड ३३ लाख ४५ हजार ८ सय ३६ रुपैयाँ, तरलता रकम ३ अर्ब ४६ करोड ९ लाख ६८ हजार ३ सय २० रुपैयाँ रहेको छ । संस्थामा हाल २९.५२ प्रतिशत तरलता रहेको छ । त्यस्तै संस्थाले बाह्रय ऋण शून्यमा झारेको छ ।

आर्थिक कारोबार र सदस्य सङ्ख्याका आधारमा देशकै ठूलो सहकारी संस्थाको रुपमा रहेको सहाराले विषम परिस्थितिमा पनि उल्लेख्य कारोबारसँगै वित्तिय प्रणालीमा सुधार गरेको हो ।

मुलुकको वित्तीय क्षेत्रमा आर्थिक सङ्कुचन र तरलता अभावको समस्या देखा परेको भए पनि हाल सम्म सहारा नेपालको वित्तीय प्रगति धेरै राम्रो  रहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर