Aamsanchar

५ महिनामै भित्रियो १२ करोडको कण्डम

Author Image
सोमवार, पौष ९, २०८०

काठमाडौँ –चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिनाको अवधिमा १२ करोड रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १२ करोड २ लाख रुपैयाँभन्दा धेरैको कन्डम आयात भएको हो ।तथ्यांकअनुसार यस अवधिमा १ करोड ९४ लाख वटा कन्डम नेपाल भित्रिएको छ । यस्तै, यसबापत राज्यकोषमा २४ हजार रुपैयाँ कर दाखिला भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ । नेपालमा विशेष गरी चार वटा देशबाट कन्डमको आयात हुने गरेको छ ।

सबैभन्दा धेरै भारतबाट १० करोड ९४ लाख रुपैयाँभन्दा धेरैको १ करोड ८६ लाख ९२ हजार वटा कन्डम भित्रिएको छ । यसबाहेक चीनबाट २२ लाख ४० हजार रुपैयाँको भित्रिएको छ । यस्तै, कोरियाबाट ५२ लाख ४२ हजारको र मलेसियाबाट ३३ लाख ४९ हजार रुपैयाँको भित्रिएको छ ।

तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९ करोड २८ लाख ५८ हजार रुपैयाँको मात्रै आयात भएको थियो । यसअनुसार चालू वर्षको सोही अवधिमा २ करोड ७४ लाख रुपैयाँले आयात बढेको तथ्याङ्क छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर