Aamsanchar

कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृ*त्यु

Author Image
मङ्गलवार, पौष १०, २०८०

काठमाडौं – पोखरामा मंगलबार बिहान कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा बाग्लुङको ढोरपाटन नगरपालिका– ६ घर भएका नदीपुर निवासी २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने कारका चालक फरार छन् भने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर