Aamsanchar

सुनको भाउले बनायो नयाँ रेकर्ड

Author Image
बिहिवार, पौष १२, २०८०

काठमाण्डौ –सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर