Aamsanchar

समीक्षा र महेन्द्रको स्वरमा ‘मुटुको ४ आना’ बोलको गीत सार्वजनिक

Author Image
बिहिवार, पौष १२, २०८०

काठमाडौं –नेपाली कथानक चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर सुन्न सकिन्छ ।

गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना छ । गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याल फिचर्ड छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रमा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायत कलाकारको पनि अभिनय छ ।

फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर