Aamsanchar

बीपीको मेलमिलाप नीति झन सान्दर्भिक : हुमागाई

Author Image
आइतवार, पौष १५, २०८०

बुधबारे  । नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता वर्तमानमा झन बढेर गएको बताउनु भएको छ ।
राष्ट्रिय मेलमिलाप नीति दिवसका सन्दर्भमा नेपाली काङ्ग्रेस बुद्धशान्ति, नेपाल तरुण दल र नेबिसंघद्वारा आज बुधबारेको हात्तीसुढेमा आयोजित बीपी बिचार गोष्ठी र बनभोज–खिचडी कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै काङ्ग्रेस युवा नेता हुमागाईले बीपीको मेलमिलाप नीतिकै जगमा मुलुकमा अग्रगामी परिवतन सम्भव भएको भनाई राख्नुभयो ।

देशका तमाम तरुण, युवा, विद्यार्थीले बीपीको प्रजातान्त्रिक समाजवादी आत्मसाथ गरेको खण्डमा मात्र देशले चाडै समृद्धिको यात्रा तय गर्ने बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस झापा क्षेत्र न। २ का सभापति खगेन्द्र मैनालीले बीपीको योगदान र मार्गदर्शक सिद्धान्तलाई सम्झेर आजकै दिनबाट आपसी मेलमिलापका सथ काङ्ग्रेस नेता–कार्यकर्ताहरु अघि वढ्नु पर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँ समिति सभापति चक्र शेर्माले मेलमिलाप नीतिको प्रभाव र परिणाम माथि प्रकाश पार्नु भएको सो कार्यक्रममा ४ न। वडाध्यक्ष शेरबहादुर रायले नेपाली राजनीतिमा बीपीको योगदानमाथि चर्चा गर्नुभएको थियो  ।

नेविसंघ बुद्धशान्ति गाउँसमिति सचिव प्रकाश शेर्माले सञ्चालन गर्नुभएको सो कार्यक्रममा नेविसंघ बुद्धशान्ति सभापति  उमेश भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो  ।
सो उपलक्ष्यमा तरुण युवाहरूबीच डोरीतान खेल, हण्डी, फुटाउने, तातो आलु, म्युजिककल चियर तथा चेतनामूलक र मनोरञ्जनात्मक गीत, नृत्यहरू प्रस्तुत गरिएका थिए १

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर