Aamsanchar

जापान एयरलाइन्सको विमानमा आगलागी

Author Image
मङ्गलवार, पौष १७, २०८०

काठमाडौं – जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो ।

मंगलबार साँझ यो घटना भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान र धावनमार्गमा आगो देखिएको छ । अवतरणपछि विमान अर्को विमानसँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ । घटना हुँदा विमानमा यात्री सवार थिए ।

जेएएल ५१६ विमानले जापानको होक्काइदोबाट उडान भरेको बताइएको छ ।

कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको रोयटर्सले उल्लेख गरेको छ । विमानमा सवार ३७९ यात्रु र चालक दलका सबै सदस्यलाई बाहिर निकालिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर