Aamsanchar

युक्रेनसँगको लडाईंका क्रममा थप ३ नेपाली मारिए

Author Image
मङ्गलवार, पौष १७, २०८०

काठमाडौं – रूसी सेनामा गएका थप ३ नेपालीको मृत्यु भएको छ।

युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘हामीलाई थप तीन जना नेपाली मारिएको सूचना प्राप्त भएको छ।’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृतबहादुर राईले भने, पूर्ण विवरण केहीबेरमा सार्वजनिक गर्छौं।’

योसँगै रुस-युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १० पुगेको छ। यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपाली युवाले युक्रेनसँगको लडाइँमा ज्यान गुमाइसकेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर