Aamsanchar

मोरङमा हात्तीको वितण्डा

Author Image
मङ्गलवार, पौष १७, २०८०

विराटनगर – मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक जंगली हात्ती मारिएको भोलिपल्ट हात्तीको समूहले गाउँमा क्षति पुर्‍याएको छ ।

आइतबार राति सुन्दरहरैंचामा तस्करको समूहले गोली हानेर एउटा जंगली हात्ती मारेको थियो । त्यसको भोलिपल्ट सोमबार राति हात्तीको समूहले विश्वविद्यालय, किसानको केरा खेती र घरमा क्षति पुर्याएको हो ।

विश्वविद्यालयको कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा हात्तीको समूहले क्षति पुर्याएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । हात्तीले झ्याल र ढोकाको सिसा पनि फुटाएको छ ।

हात्तीको हुलले सुन्दरहरैँचा-७ मा लेखनाथ प्रसाईंको केराखेतीमा पनि क्षति पुर्याएको छ । २ बिघा जग्गामा लगाएको केरा खेती हात्तीले नष्ट गरेको प्रसाईंले बताए ।

स्थानीय कृष्णबहादुर तामाङको टिनको छानो र बाँसको टाटीबेरा भएको घर पनि हात्तीले भत्काइदिएको छ । घर र केरा खेतीमा एक लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर