Aamsanchar

जिल्ला प्रहरी कार्यालय झापा, कोशी प्रदेशमै उत्कृष्ट

Author Image
मङ्गलवार, पौष १७, २०८०

विराटनगर । नेपाल प्रहरी कार्ययोजना तथा वार्षिक कार्यसम्पादन सम्झौता, २०८० लाई प्रभावकारी बनाउने उद्देश्य अनुसार कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरू मध्येबाट कार्तिक र मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय झापा उत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित बनेको छ ।

नेपाल प्रहरीको वार्षिक कार्ययोजना २०८० अनुसार कार्यान्वयन गर्नु पर्ने बुँदागत विषयहरूमा कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरूले कार्तिक र मंसिर महिना सम्म गरेका कार्यहरूको  प्रगति विवरण समीक्षा गर्दा जिल्ला प्रहरी कार्यालय झापाले कार्ययोजना अनुसार उत्कृष्ट कार्य गरेकोले उक्त जिल्लालाई उत्कृष्ट घोषणा गरिएको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए ।

आज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय झापालाई उत्कृष्ट कार्य सम्पादनको बधाई सहित प्रशंसा पत्र प्रदेश प्रहरी  कार्यालय अन्तरगत  प्रदान भएको छ।

यसका साथै प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले कोशी प्रदेश अन्तरगत रहेका अन्य प्रहरी कार्यालयहरूले समेत कार्ययोजना अनुसार प्रहरी कार्यालयबाट कार्य भइरहेको तथा आगामी दिनमा उद्देश्य प्राप्तीका लागि तिव्रताका साथ निरन्तररूपमा लागि पर्न  जिल्ला प्रहरी प्रमुखहरूलाई बास्तोलाले निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर