Aamsanchar

एभरेष्ट स्मार्ट बाल क्लब अर्जुनधाराद्वारा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण 

Author Image
मङ्गलवार, पौष १७, २०८०

अर्जुनधारा ।  एभरेष्ट स्मार्ट बाल क्लबले अर्जुनधाराका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।

बिर्तामोड स्थित एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीमा रहेको बाल क्लबले अर्जुनधारा नगरपालिका ८ मा रहेको चन्द्रोदय प्राथमिक विद्यालयका ७५ जना बालबालिका लाई स्विटर , कपि ,पेन्सिल लगायतका सामाग्री बितरण गरिएको प्रधानाध्यापक अनुप शर्माले जानकारी दिए ।

एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीको सहयोगमा बाल क्लबले ४५ हजार मूल्य बराबरको सामाग्री बितरण गरिएको क्लबकी अध्यक्ष कृषा दुलालले बताइन् । उनका अनुसार विद्यालयका शिक्षक, विद्यार्थी र बालक्लबको सहयोग रहेको बताइन् ।

कार्यक्रममा अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडीको अभिभावकीय साथ रहेको थियो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष उप्रेतीले एक विद्यालयले अर्को विद्यालयका विद्यार्थी लाई सहयोग गर्दै रचनात्मक कार्य गरेकोमा प्रशंसा व्यक्त गतेका थिए ।  एभरेष्ट स्कुलका प्रधानाध्यापक शर्माले बालबालिकाको क्षमता सामाजिक अभियानमा पनि निर्माण हुनुपर्ने बताउँदै कार्यक्रम गरिएको बताए ।

कार्यमा चन्द्रोदयका  प्रधानाध्यापक टंक प्रसाद आचार्य ,लायन्स अध्यक्ष निरू ओलीले शुभकामना राखेका थिए । बाल क्लब अध्यक्ष कृषा दुलालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन फोकल पर्सन तृष्णा अधिकारीले गरेकी थिइन् ।

विपन्न बर्गका बालबालिका अध्ययनरत सो विद्यालयमा हाल ७५ जना बालबालिका अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)