Aamsanchar

‘भिडियो कल’ गरी अश्लील ‘भिडियो’ देखाउने र ‘रेकर्ड’ गरेर पेसा माग्ने पक्राउ

Author Image
बुधवार, पौष १८, २०८०

पर्वत – जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘फेक आइडी’ बनाई ठगी गर्न खोज्ने तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक श्रवणकुमार बिकका अनुसार कास्की पोखरा महानगरपालिका–२९ तालचोक बस्ने २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर नगरपालिका–१३ टाँडी बस्ने वर्षीय प्रवेश रिमाल र सिराहाको लहान नगरपालिका–१ रमाद मटियवरा टोल बस्ने २१ वर्षीय यूनिक सिंह पक्राउ परेका हुन्।

उनीहरूले केटीको नाम राखेर ‘फेसबुक अकाउन्ट’ खोलेर उक्त ‘आइडी’ बाट पुरुष व्यक्तिहरूलाई साथी बनाउँदै ‘भिडियो कल’ गरी अश्लील ‘भिडियो’ देखाउने गरेको प्रहरीले बताएको छ। ‘भिडियो कल’ ‘रिसिभ’ हुनासाथ अश्लील ‘भिडियो’ चलेको मौकामा ‘स्क्रिन रेकर्ड’ गर्ने र त्यही ‘रेकर्ड’ प्रयोग गरेर ‘ब्ल्याकमेल’ गर्ने गरेको पाइएको छ।

‘स्क्रिन रेकर्ड’ गरेर बनाएको ‘भिडियो’ ‘सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु’ भनी डर धम्की देखाई विभिन्न नम्बरबाट फोनसमेत गरेर रकम मागिरहेको जाहेरी परेपछि प्रहरीले यी व्यक्तिहरूको खोजी गरिरहेको थियो।

गत पुस १६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएका उनीहरूलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुर र विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको पनि कास्की प्रहरीले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर