Aamsanchar

अज्ञात रोगको कारण गाईघाटमा एकै गोठका १८ माउबाख्रा म*रे

Author Image
बुधवार, पौष १८, २०८०

उदयपुर – अज्ञात रोगको कारण उदयपुर सदरमुकाम गाईघाटमा एकै गोठका १८ माउबाख्रा मरेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका १० बोक्सेस्थित आदर्श टोलका हिमचुली कृषि उधम केन्द्रका सञ्चालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन् ।

अज्ञात रोगका कारण कृषक खड्काको गोठ नै रित्तिनेगरी १८ माउबाख्रा एकैपटक मरेको वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले बताए। मंगलबार बिहान एकैपटक ९ वटा बाख्रा मरेको खबर पाएपछि वडा अध्यक्षले पशु प्राविधिकलाई खबर गरेका थिए ।

मंगलबार उपचार हुँदाहुँदै मंगलबार साँझसम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाइ छ । सोमबार राती आफूले पालेका बाख्रामा अचानक समस्या देखिएको र ९ वटा बाख्रा एकैपटक मरेको कृषक खडकाले बताए ।

 

उपचार गर्दागर्दै मंगलबार साँझसम्म १८ वटा बाख्रा मरेपछि कृषक खड्काले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ। सुविधा सम्पन्न पशु प्राविधिक र औषधि उपलब्ध हुने स्थानमै २४ घण्टा भित्रै १८ वटा माउबाख्रा मर्नु गम्भीर रहेको स्थानीय कृषकको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर