Aamsanchar

असल विद्यार्थी निर्माण अभियानमा अप्टिमिष्ट 

Author Image
बुधवार, पौष १८, २०८०

दाङ । दाङको तुलसीपुरमा क्रियाशील सामाजिक संस्था अप्टिमिष्ट क्लबहरूले असल विद्यार्थी निर्माण गर्ने अभियान सुरु गरेका छन् । तुलसीपुरमा रहेका अप्टिमिष्ट क्लव अफ दाङ र अप्टिमिष्ट क्लब अफ तुलसीपुरले अभियान सुरु गरेका हुन् ।

दुबै क्लबले बबई गाउँपालिका वडा नम्बर ७ चरकमटियामा रहेको सरस्वती माविका विद्यार्थीलाई एक दिने असल विद्यार्थी बन्ने कला सम्बन्धी अभिमुखीकरण गरेर अभियान सुरु गरेका हुन् । अप्टिमिष्ट क्लब अफ दाङका अध्यक्ष डिआर भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा सरस्वती मावि चरकमटियाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर राम्जा, प्रधानाध्यापक सिट्टीसाप बिष्ट, अप्टिमिष्ट क्लव अफ तुलसीपुरका संस्थापक अध्यक्ष एवं अप्टिमिष्ट क्लब नेपालका लेफ्टिनेन्ट गभर्नर मानबहादुर बस्नेतले बोल्नुभएको थियो । विद्यालयस्तरबाट असल नागरिक निर्माण गर्नका लागि असल विद्यार्थी बन्ने अभिमुखीकरण कार्यक्रम सुरु गरिएको अप्टिमिष्ट क्लब अफ तुलसीपुरका महासचिव विष्णु योगीले जानकारी दिनुभयो ।

अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष कमल सापकोटाको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघ, संस्थापक अध्यक्ष, विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)