Aamsanchar

युएईको फुजेराहमा पासपोर्ट नवीकरण तथा श्रमिक सचेतना घुम्ती शिविर संचालन हुने

Author Image
बिहिवार, पौष १९, २०८०

युएई । संयुक्त अरब एमिरेट्स (युएई) को फुजेराह राज्यमा एनआरएनए एनसीसी (नेपाल एसोसिएसन) युएईले नेपाली दुतावास आबुधावीसँगको सहकार्यमा राहदानी नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

आगामी १४ जनवरीका दिन सञ्चालन हुन लागेको घुम्ती शिविर सँगै श्रमिक सचेतना कार्यक्रम समेत गर्न लागेको अध्यक्ष विकास शाहीले बताए ।

युएईको राजधानी अबुधाबीबाट झण्डै ४ सय किलोमिटर टाडाको सो क्षेत्रमा कमगर्ने श्रमिकहरूलाई घुम्ती शिविरले लामो बाटो यात्रा गरि दुतावासमा आई सेवा लीन सास्ती खप्नुपर्ने बाध्यताबाट केही हद सम्म मुक्ति मिल्नेछ ।

सेवाग्राही श्रमिकहरूले अनलाइन फर्म जनवरी १३ तारिख २०२४ को दिनको १२ वजे भित्र अनिवार्य भरिसक्नुपर्ने र घुम्ती शिविरमा आउँदा आवश्यक कागजातहरू पासपोर्टको अघिल्लो पेज (फोटो भएको ) र अन्तिम पेजको प्रस्ट प्रतिलिपि, भिसा कपी प्रतिलिपि प्रस्ट देखिने, नागरिकताको अगाडि र पछाडिको प्रस्ट देखिने प्रतिलिपि सहित सक्कल पासपोर्ट अनिवार्य लिएर आउन भनेको छ ।

स्मरण रहोस् यसअघि पनि एनआरएनए एनसीसी (नेपाल एसोसिएसन) युएईले दुबईको जबल अली क्षेत्रमा यस्तो कार्यक्रम गरेर युएईमा अवस्थित नेपाली श्रमिकहरूलाई सेवा पुर्‍याइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर