चारपाने । झापाको ठुलो विद्यालय मध्येको एक देवी माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ६१ औं वार्षिकोत्सव मनाएको छ । झापाको बिर्तामोड–५ मा रहेको विद्यालयले बिहीवार ९आज० छात्रवृत्ति, विज्ञान प्रदर्शनी अवलोकन, अवकाश तथा दीर्घसेवा शिक्षकलाई सम्मान, जग्गादाताको सालिक अनावरण, भवन उद्घाटन, सांस्कृतिकलगायतका कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो ।


कार्यक्रममा विद्यालयका अवकाश प्राप्त शिक्षक धनबहादुर पोखरेल र दीर्घसेवी शिक्षक विमला लुईटेललाई सम्मान गरिएको थियो । सोही कार्यक्रमकैबीच जग्गादाता स्व। खनपरुदे रामबाबु प्रसाईँको सालिक अनावरण गरिएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष बनको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईँको प्रमुख आतिथ्य रहेको थियो । विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले गरेका थिए ।


कार्यक्रममा जग्गादाता तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोरुप प्रसाईँ, बिर्तामोड नगर निवर्तमान मेयर ध्रुवकुमार शिवाकोटी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईलगायत नगरका बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।