Aamsanchar

आयोवाको एक हाइस्कुलमा गोली चल्दा एक जनाको ज्यान गयाे

Author Image
शुक्रवार, पौष २०, २०८०

अमेरिकाको आयोवा राज्यमा रहेको एक हाइस्कुलमा गोली चल्दा एक जनाको ज्यान गएको छ । विद्यार्थी र शिक्षकसहित पाँच जना घाइते भएका छन् ।

आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय किशोरले ६ कक्षाका विद्यार्थीलाई गोली हानेका थिए । उनले चलाएको गोली लागेर ५ जना विद्यार्थी र एक शिक्षक घाइते भएका बीबीसीले जनाएको छ ।

गोली चलाउने विद्यार्थी नै मृत फेला परेका प्रहरीले जनाएको छ । किशोरले अरुलाई गोली चलाएर आफ्नो पनि ज्यान लिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । क्रिसमसको बिदापछि विद्यालय खुलेको पहिलो दिनमै गोली चलेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर