Aamsanchar

नक्कली नम्बर प्लेटका बोलेरो पिकअप र ६ वटा मोटरसाइकल झापा प्रहरीकाे नियन्त्रणमा

Author Image
शुक्रवार, पौष २०, २०८०

झापा – झापामा नक्कली नम्बर प्लेट लगाएर चलाइरहेका चोरीका एउटा बोलेरो पिकअप र ६ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएका ती सवारी साधनहरूलाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पिकअपलाई १३ लाख र मोटरसाइकलहरूलाई ६ लाख गरी १९ लाख रुपैयाँ मूल्यांकन तोकेर भन्सार बुझाइसकेको प्रहरीले जनाएको छ। चोरीका सवारीसाधनमा नक्कली नम्बर प्लेट लगाएर जिल्ला विभिन्न स्थानमा चलिरहेको सूचना प्राप्त भएपछि झापा प्रहरीले त्यसतर्फ सक्रियता बढाएको थियो। प्रहरीले विशेष सूचनाका आधारमा दमकबाट मे १ च २१७५ नम्बर भएको पिकअप नियन्त्रणमा लिएको थियो।

 

त्यस्तै भद्रपुर लगायतका राजमार्गका विभिन्न स्थानबाट मे २ प १६५७ नम्बरको अपाची, को १३ प ३१५२ नम्बरको पल्सर, को ६ प ४५७८ नम्बरको पल्सर, मे ६ प १७७३ नम्बरको सुपर स्प्लेण्डर, मे ७ प ७०३४ नम्बरको पल्सर र मे ११ प ६३३९ नम्बरको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको थियो।

ती साधनहरूमा उल्लेख भएका नम्बर प्लेट अन्य व्यक्तिको नाम दर्ता रहेको यातायात कार्यालयबाट खुलेपछि आवश्यक कारबाहीका लागि भन्सार बुझाएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर