Aamsanchar

सामुदायिक प्रहरी सेवा केन्द्र रानीद्वारा न्यानो कपडा बितरण

Author Image
शुक्रवार, पौष २०, २०८०

विराटनगर। मोरङको विराटनगर महानगरपालिका(१६ स्थित रहेको दुर्गा मन्दिरको प्राङ्गणमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा कम्बल बितरण गरिएको छ ।

आज बिहान समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको विशिष्ट आतिथ्यमा विराटनगर महानगरपालिका वडा नं. १२,१३,१४,१५,१६,१७ र १८ मा रहेका अल्पसंख्यक समुदायका विपन्न, गरिब, ज्येष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलाहरू समेत २ सय जनालाई न्यानो कपडा कम्बल वितरण गरिएको थियो ।

इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधि, संचारकर्मीहरु, जिल्ला प्रहरी कार्यालय मोरङका  प्रहरी नायब उपरीक्षक छेदीलाल कामती, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर