Aamsanchar

पाथीभरा मन्दिरमा सङ्कलित सुन तथा चाँदी गाल्न थालियाे

Author Image
शुक्रवार, पौष २०, २०८०

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिरमा सङ्कलित सुन तथा चाँदीलाई गाल्न थालिएको छ ।

मन्दिरमा तीर्थयात्रीले चढाएका ९८ तोला सुन तथा ९२ किलो चाँदी आज शुक्रवारदेखि गाल्न थालेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्गामले बताउनुभयो । सुनलाई गाल्न दुई दिन र चाँदीलाई भने एक हप्ता लाग्ने हाङ्गामले जानकारी दिनुभयो । समितिसँग अहिले गालिएको सुन ८६ तोला ९० लाल रहेको उहाँले बताउनुभयो ।

 

पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको संयोजनामा सुन चाँदी गाल्न थालेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । गालिएका सुन चाँदीलाई समितिको निर्णयअनुसार प्रचलित दरमा बिक्रीका लागि प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।

समितिले शम्भुप्रसाद गौतमको संयोजकत्वमा सुन चाँदी व्यवस्थापन उपसमिति गठन गरेको छ । सङ्कलित सुन चाँदी समितिले प्रहरीको रोहबरमा लकरमा राख्ने र सरोकारवालाको उपस्थितिमा गाल्ने काम गर्दै आएको छ ।

पाथिभरा मन्दिरबाट सङ्कलित छ हजार पाँच सय ३९ किलो सात सय ६७ ग्राम तामा तथा १६ हजार छ सय ३८ किलो एक सय ग्राम बराबर घण्टी भण्डारण गरेर राखेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर