Aamsanchar

चारपाने चाेकमा बससँग माेटरसाइकल ठाेक्किँदा एक जनाकाे मृ*त्यु, दुई घाइते

Author Image
शनिवार, पौष २१, २०८०

झापा-  बिर्तामोड २ स्थित चारपाने चोकमा आज साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी कन्काई ८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको हो ।
साँझ ६ बजे धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ख–०१४९ नं को बससँग मे १ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो । पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीनजना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो ।

उप्रेतीले चलाएको मोटरसाइकलमा ३ जना सवार रहेका थिए । मोटरसाइकलमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी कन्काई ५ का ५९ वर्षीय रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका हुन् । माझीको बिर्तासिटी र सिटौलाको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर