Aamsanchar

बङ्लादेशमा आज मतदान हुँदै, प्रधानमन्त्री हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्का

Author Image
आइतवार, पौष २२, २०८०

बङ्लादेशमा आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि शुरु मतदान दिउँसो ४ बजेसम्म चल्नेछ । आमचुनावमा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी एक हजार ५ सयभन्दा धेरै उम्मेदवार तीन सय संसदीय सिटका लागि प्रतिस्पर्धामा छन् । ४२ हजारभन्दा धेरै मतदान केन्द्रको व्यवस्थापन गरिएको छ ।

सेना, प्रहरी, नौसेना र वायुसेनाका अधिकारी सुरक्षाका लागि खटिएका छन् । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपी) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् । प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले चुनाव बहिष्कार गरेको छ । उसको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्का जस्तै छ ।

बीएनपीले भोलि बिहानसम्म हड्ताल आह्वान गरेको छ । गएको अक्टोबर अन्तिममा प्रमुख विपक्षी पार्टीले ढाकामा प्रधानमन्त्री हसिनासँग आमचुनावका लागि स्वतन्त्र र निष्पक्ष मतदाता सुनिश्चित गर्न तटस्थ अन्तरिम सरकार बनाउन माग गरेको थियो । तर माग पूरा नभएको र आफ्ना वरिष्ठ नेताहरुका साथै हजारौँ मानिस पक्राउ परेपछि चुनाव बहिष्कार गरेको विपक्षी दल बीएनपीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर