Aamsanchar

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने पक्राउ

Author Image
सोमवार, पौष २३, २०८०

काठमाडौं – ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल राम छन्।

थानकोट बसपार्कस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा५७प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेको र त्यसलगत्तै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसक्रममा प्रहरीको हेड सेटमा समेत क्षति भएको प्रहरीको भनाइ छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर