Aamsanchar

८ हजार बोतल प्रतिबन्धित आयुर्वेदिक औषधि बरामद, एक जना पक्राउ

Author Image
सोमवार, पौष २३, २०८०

वीरगन्ज – वीरगन्जमा औषधि व्यवस्था विभागले एक गोदाममा छापा मारेर नेपालमा प्रतिबन्धित ठूलो परिमाणमा भारतीय आयुर्वेदिक औषधि बरामद गरेको छ।

विशेष सूचनाका आधारमा वीरगन्जस्थित औषधि व्यवस्था विभागका निमित्त कार्यालय प्रमुख मुकेन्द्र पंजियारको नेतृत्वमा खटिएको टोलीले वीरगन्ज महानगरपालिका-१६ नगवास्थित एक घरको गोदाममा छापा मारेर करिब १५ लाख रुपैयाँ मूल्यको प्रतिबन्धित आयुर्वेदिक औषधि बरामद गरेको हो।

बरामद औषधिमा दुखाई कम गर्नका लागि मालिस गर्ने तथा खाने झोल औषधिहरु रहेको पंजियारले जानकारी दिए। पंजियारका अनुसार नगवास्थित एक घरको गोदाममा भण्डारण गरी राखेको अवस्थामा भारत पटनाको श्री वैद्यनाथ आर्युवेद भवनद्वारा उत्पादित विभिन्न ब्रान्डका १८० वटा कार्टुनमा रहेका ८ हजार बोतल औषधि बरामद गरिएको हो।

 

साथै भारतबाट अवैध रुपमा वीरगन्जमा ल्याएर भण्डारण गर्ने सिरहा जिल्ला घर भएका हिमालयन सप्लायरका व्यवस्थापक महम्मद अतिक अनवरलाई नियन्त्रणमा लिइएको पंजियारले जानकारी दिए।

पंजियारका अनुसार औषधि व्यवस्था विभागबाट परीक्षण गर्दा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ मा भारत पटनाको श्री वैद्यनाथ आर्युवेद भवनद्वारा उत्पादित औषधि अनुत्तीर्ण भएकाले उक्त कम्पनीको कुनै पनि औषधि नेपालमा आयात र बिक्री वितरण गर्न औषधि व्यवस्था विभागले यसअघि नै प्रतिबन्ध लगाइ सकेको छ।

तर अनवरले उक्त भारतीय कम्पनीको औषधि जानाजान आयात गरेर बिक्री वितरणका लागि भण्डारण गरेको सूचना पाएपछि सोमबार गोदाममा छापा मारेर जफत गर्नुका साथै व्यवस्थापक अनवरलाई पनि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको पंजियारले बताए ।

नियन्त्रणमा लिइएका अनवरलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा पठाइएको जानकारी उनले दिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर